No.1 News Portal from Sudurpashchim Province
bajaj

ललिता निवास प्रकरणमा सिआइबीले लियो पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईसँग बयान

गोकुलेश्वर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू बाबुराम भट्टराई र माधवकुमार नेपालसँग बयान लिएको छ ।

सिआइबी उच्च स्रोतका अनुसार आइतबार साँझ दुई पूर्वप्रधानमन्त्रीको बयान लिइएको हो ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले सिआइबीलाई बयान दिएको बताए । उनले आफूलाई प्रकरणबारे थाहा भएको सत्यतथ्य सिआइबीका अधिकारीहरूलाई बताएको सेतीकालीलाई जानकारी दिए ।

‘हो, मैले बयान दिएको हो । मैले जानेबुझेको र सत्यतथ्यको जानकारी दिएको छु,’ उनले भने,‘मैले यसअघि भन्दै आएका कुरा उहाँहरूलाई पनि भनेको हुँ । ’

भट्टराईले त्यतिबेला आफूलाई थाहा भएको सबै विवरण सिआइबीका अधिकारीलाई जानकारी गराएको नेकपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिए ।

pm office

‘हिजो (आइतबार) साँझ ५ बजे भट्टराईले सिआइबीका अधिकारीलाई घरमा बोलाएर त्यतिबेला आफूलाई थाहा भएको विवरण बताउनुभएको छ,’ उनले भने ।

ललिता निवासको सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिका नाममा दर्ता गर्ने प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेको छ।

उक्त प्रकरणमा सर्वोच्च अदाललते पिरामिडको माथिल्लो संरचनामा रहेकाहरूलाई पनि अनुसन्धानका दायरामा ल्याउन आदेश दिइसकेको छ ।

तर, सिआइबीले पूर्वप्रधानमन्त्री भट्टराई र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि बयान लिएको थिएन ।

गठबन्धनका नेताहरूले पूर्वप्रधानमन्त्रीलाई बोलाएर सिआइबीले बयान लिँदा गलत नजिर बस्ने तर्क गरेका थिए ।

स्रोतका अनुसार बयानका लागि सिआइबीको टोली नेपालको पनि घरमै पुगेको थियो ।

ललिता निवास प्रकरणमा सिआइबीले अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ । सकेसम्म छिटो प्रतिवेदन बुझाउने गरी काम भइरहेको स्रोतले बतायो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.