No.1 News Portal from Sudurpashchim Province
bajaj

गाउँपालिकाको गाडी दुर्घटना हुँदा शिक्षा अडिटरको मृत्यु, चालक घाइते

गाकुेलेश्वर । जिल्लाको म्यागङ गाउँपालिकाको गाडी दुर्घटनामा परेको छ ।

बागमती प्रदेश–०१ ००२ झ ६०५६ नम्बरको गाडी विदुर नगरपालिकाको वडा नम्बर–१० शुभघाटमा दुर्घटना भएको म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङले जानकारी दिए ।

तामाङका अनुसार दुर्घटनामा चितवन घर भएका म्यागङ गाउँपालिकाका शिक्षा अडिटर होम बहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको हो ।

गाडीमा दुई जना मात्र सवार रहेको र चालकको अवस्था सामान्य रहेको अध्यक्ष तामाङको भनाइ छ ।

‘सवारी चालकसँग प्रहरीले केरकार गरिरहेको छ, अहिलेसम्म अवस्था सामान्य नै देखिएको छ,’ उनले भने, ‘उपचारका लागि जिल्ला अस्पताल त्रिशुली लगिएको छ ।’

pm office

गाडी गाउँपालिका कार्यालयबाट जिल्ला सदरमुकाम विदुरतर्फ गइरहेकोसमेत अध्यक्ष तामाङले जानकारी दिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.