गोकुलेश्वर । अधिवक्ता भोजबहादुर केसी यति बेला टिचिङ अस्पतालमा उपचाररत छन् ।
केही दिनअघि बेहोस भएर ढलेपछि नाग पोखरीबाट केसीलाई तत्कालै अस्पताल पु¥याइएको थियो ।

६८ वर्षीय केसीमा मुटुको समस्या रहेको बुझिएको छ। केही दिनअघि काठमाडौं प्रहरी परिसरको टोली केसीलाई पक्राउ गर्न पुगेको थियो ।
प्रहरी स्रोतका अनुसार प्रहरी देख्ने बित्तिकै केसी बेहोस भएर ढलेका थिए। ‘ढलेपछि उनलाई अस्पताल पु¥याइयो । उपचार गरिरहेकाले हामीले अहिले पक्राउ गरेका छैनौँ’, काठमाडौं प्रहरी परिसर स्रोतले भन्यो ।
प्रहरीका अनुसार थानकोट प्रहरी वृत्तमा केसीविरुद्ध बलात्कार सम्बन्धी जाहेरी परेको छ ।
थानकोट प्रहरी वृत्तले पक्राउका लागि पत्र पठाएपछि परिसरको टोलीले उनको खोजी गरेको थियो ।



