No.1 News Portal from Sudurpashchim Province
bajaj

स्कुल बसभित्रै सहचालकले गरे बालिकालाई बलत्कार

गोकुलेश्वर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका– ११ मा रहेको हेटौंडा एकेडेमीमा अध्ययनरत ८ वर्षीया बालिकामाथि यौन दुर्व्यहार भएको छ ।

pm office

बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विद्यालयको बसका सहचालकलाई पक्राउ गरेको छ । घरबाट विद्यालय जान बस चढेकी बालिकालाई सहचालकले बसमै यौन दुर्व्यवहार गरेको पीडित परिवारको आरोप छ ।

बसका सहचालाकले गत साउन १५ बिहान बालिकामाथि यौन दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको हो । पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आज आरोपितलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

अनुसन्धानकै क्रममा रहेको कारण प्रहरीले आरोपितको पहिचान खुलाएको छैन ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.