No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखरकी उपप्रमुख खडायत नगरपालिकाका समस्या बोकेर सिहदरबार पुगिन

बिरामीलाई सान्त्वना दिन अस्पतालमा

गोकुलेश्वर।दार्चुलाको शैल्यशिखर नगरपालिकाकी उपप्रमुख शान्ति खडायत नगरपालिकामा रहेका विभिन्न समस्याहरु लगेर सिंहदरबार पुगेकी छिन् ।

आइतबार (आज) नगरपालिका भित्र रहेको विभिन्न समस्याहरुको लगेर उपप्रमुख खडायत,नगर प्रवक्ता भरतबहादुर खडायत र वन वातावरण विपद तथा फोहोर मैला व्यवस्थापन शाखा प्रमुख राजेशसिंह बिष्टको टोली सिंहदरबार पुगेको हो ।

नगरपालिकामा प्रमुख प्रशासुकिय अधिकृतको व्यवस्थापन गरिदिन,पालिकामा आवस्यक स्थायी कर्मचारीको व्यवस्थापन,नगरपालिकामा संघीय सरकारमार्फत् गर्नुपर्ने सहयोग र समन्वयका लागि उपप्रमुख खडायत संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालय पुगेकी हुन् ।

उपप्रमुख खडायतले नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत लगायत अन्य स्थायी कर्मचारीहरुको व्यवस्थापन गरिदिन मन्त्रालयसँग आग्रह गर्नुका साथै नगरपालिकामा संघीय सरकारमार्फत् गर्नुपर्ने सहयोग र समन्वयका लागि समेत आग्रह गरिन।

pm office

संघ सरकारबाट स्थानीय तहहरुमा विनियोजन हुने बजेटमा शैल्यशिखर नगरपालिकालाई कम बजेट दिई काखापाखा गरेको महशुस भएकाले आगामी वर्षहरुमा त्यसो नगरी नगरपालिकामा प्रर्याप्त बजेटको व्यवस्थापन गरिदिन समेत आग्रह गरेकी छिन् ।

यसैगरी उपप्रमुख खडायतले ब्लड क्यानसरबाट पीडित शैल्यशिखर नगरपालिका—४का ६ वर्षीय बालक समिर बोहरालाई भेटी ब्यक्तिगत तर्पबाट उनको परिवारलई आर्थिक सहयोग गरेकी छिन् ।

क्यानसरबाट पीडित बालकलाई आगामी दिनमा नगरपालिकाको तर्फबाट गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनको शिघ्र स्वास्थलाभको कामना गरेकी छिन् ।

त्यस्तै, मृगौलाको समस्याका कारण निजामती कर्मचारी अस्पताल मिन भवन काठमाडौमा उपचाररत मालिकार्जुनका शिक्षक रमेशसिंह धामीको स्वास्थ अवस्थाबारे जानकारी लिई शिघ्र स्वास्थलाभको कामना गरेकी छिन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.