No.1 News Portal from Sudurpashchim Province
bajaj

सीआईबीले माधव र बाबुरामलाई ‘चोख्याउन’ खोजेपछि रविलाई तनाव, फेसबुकमा लेखे यस्तो स्टाटस

गोकुलेश्वर । ललितानिवास जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईको बयानसमेत नलिएरै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउन लागेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आपत्ति जनाएका छन् ।

pm office

उनले प्रकरणको निर्णयकर्ता सबैको बयान लिएर मात्रै अनुसन्धान प्रतिवेदन तयार पार्न खबरदारी गरेका छन् ।

’सीआईबीले गैरकानुनी आदेश नसुनोस्, नमानोस् । ललितानिवास प्रकरणका निर्णयकर्ता सबैको बयानबिनाको अपुरो अधुरो फाइल पेस नगरोस्’, लामिछानेले फेसबुकमा लेखेका छन्, ’गृहमन्त्रीज्यू, केही त गडबड छ.. ठूलै गडबड छ ।’

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.