गोकुलेश्वर । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।

नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्धा अनुसन्धानमा समन्वय गरेका श्याम ज्ञावालीलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागमा सरुवा गरिएको छ ।
उनको स्थानमा प्रशासनका दीपक थापालाई ल्याइएको छ। प्रधानमन्त्रीले आफू अनुकुल मिलाएर सरुवा गरेका छन्। नक्कली भूटानी शरणार्थी प्रकरणमा तदारूकता देखाएर अनुसन्धान अगाडी बढाइरहेका ज्ञवालीले दोस्रो चरणको अनुसन्धान सुरू गरेका थिए । यस प्रकरणका थप पीडितहरूको उजुरी लिएर अनुसन्धान गर्न थालेपछि ज्ञवालीको सरूवा गराउनका राजनितिक वृतबाटै चलखेल सुरू भएको थियो। उनको सरूवा गराउन प्रधानमन्त्री दाहाललाइ दबाब दिइएको बुझिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको सरुवा गरेको हो ।
त्यस्तै मानवस्रोतका सन्दीप भण्डारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । टेकप्रसाद राइलाई मानवस्रोत विभागमा ल्याइएको छ । राईले आफूलाई छोटो समयमा विना कारण हटाउन खोजिएको भन्दै प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई असन्तुष्टि जनाएपनि सरकारको तजविजीमा उनको गुनासो सुनवाइ भएन। त्यस्तै एआईजी मिरा चौधरीलाई प्रशासनमा सरुवा गरिएको छ ।



