
गोकुलेश्वर । कञ्चनपुरको बनबासा पुल नजिकको जंगलमा दुई जना बेहोस अवस्थामा फेला परेका छन् । बनबासा पुल र बजारको बिचमा पर्ने जंगलको रोड साइडमा दुई जना पुरुष शनिवार बेहोस अवस्थामा फेला परेका हुन् ।
उनीहरुलाई लुटेराहरुले लुटेर बेहोस हुने औषधि खुवाएको हुनसक्ने प्रत्यक्षदर्शिले बताए । बेहोस मध्ये एकको अछाम घर भएका राम बुढा र अर्को परिचय खुलेको छैन्। उनीहरु भारती प्रहरीको जिम्मामा रहेका छन् ।
