No.1 News Portal from Sudurpashchim Province
bajaj

बालकृष्ण र मञ्जु खाँण विरुद्ध अख्तियारले पनि थाल्यो अनुशन्धान

गोकुलेश्वर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उनकी पत्नी मञ्जु खाँणमाथि भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ ।

०७४ सालदेखि सार्वजनिक पदमा रहेका कांग्रेस सांसद खाँण ०७९ पुससम्म गृहमन्त्री थिए । उनी रुपन्देहीबाट निर्वाचनमा पराजित भएलगत्तै पत्नी मञ्जु खाँण समानूपातिकबाट सांसद भएकी थिइन् । अख्तियारले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा उनीहरुमाथि अनुशन्धान गरिरहेको छ ।
केही दिनअघि उनीहरु दुवैजनालाई बोलाएर आयोगले सम्पत्ति अनुसन्धान सम्बन्धी फारम भराउनुका साथै सोधपुछ समेत गरेको स्रोतले जनाएको छ। खास गरी शरणार्थी प्रकरणका बारेमा उजुरी परेको र त्यसकै आधारमा अनुसन्धान सम्पत्तिमा केन्द्रीत गरिएको अख्तियार स्रोतले जनाएको छ ।

pm office

स्रोतका अनुसार पछिल्लो समय मञ्जुले अघिल्ला वर्षहरुको आम्दानी अभिलेखिकरण गर्ने र त्यसको हिसावकितावबारे चासो राख्ने गरेकी छिन्। उनले यसअघि सरकारी निकायहरुले गरेको भुक्तानीको विवरण पाउने ठाँउबारे समेत कांग्रेस संसदीय दलको कार्यालयमा सोधपुछ गरेको स्रोतको दावी छ ।

अख्तियारले कुनै पनि सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गरेपछि आम्दानीको बैध स्रोत पुष्टि गर्नुपर्ने हुन्छ । आम्दानीको स्रोत देखाउन नसक्नेमाथि गैरकानूनी आर्जनको अभियोग लाग्छ र भ्रष्टाचारको मुद्दा चल्छ ।

नक्कली शरणार्थी प्रकरणमा ठगी, किर्ते, संगठित अपराध र राष्ट्रहित विरुद्धको कसुरको आरोपमा जिल्ला अदालत काठमाडौंको आदेशपछि खाँण थुनामा छन् । खाँणमाथि घुसबापत एक करोड २४ लाख ५० हजार रुपैयाँ नगद लिएको आरोप छ ।

प्रहरीको दावी अनुसार, केशवप्रसाद दुलाल र सानु भण्डारीले बयानमा उनले रकम लिएको स्वीकारेका थिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.