गोकुलेश्वर । डडेल्धुराको आलितालमा एक व्यक्ति बेहोस अवस्थामा फेला परेका छन् ।

जिल्लाको आलिताल गाउँपालिका वडा ८ को घुम्ती नजिक डोला गाउँ जाने बाटोमा अन्दाजी ५०÷५५ वर्षीय अपरिचित व्यक्ति बेहोस अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। पहिचान नखुलेको व्यक्ति लाई अस्पताल लैजाने व्यवस्था भैरहेको जनाइएको छ ।
बेहोस फेला परेका व्यक्तिको प्रकृति हेर्दा मृत्यु भइसकेको जस्तो देखिएता पनि पुष्टि भने हुन सकेको छैन ।
