No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि सुझाव संकलन

गोकुलेश्वर। आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माण गर्न दार्चुलाका स्थानीय तहहरुले सुझाव माग गरिरहेका छन् । ९ स्थानीय तह रहेको दार्चुलामा विभिन्न स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट, नीति र कार्यक्रम कस्तो बनाउने भन्ने बिषयमा सुझाव माग गरिरहेका हुन् ।

pm office

उनीहरुले आर्थिक विकास क्षेत्र, सामाजिक विकास क्षेत्र, वन वातावरण तथा विपद व्यवस्थापन र सुशासन तथा संस्थागत विकासका लागि उपयुक्त सुझाव दिन माग गरेका छन् । सोमवार जिल्लाको लेकम गाउँपालिकाले जेठ मसान्तसम्म सुझाव दिन अनुरोध गरेको छ ।

यसअघि जिल्लाको व्याँस गाउँपालिका, दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाले सुझाव माग गरि संकलन गरिरहेका छन् । कोरोना संक्रमणका कारण भौतिक उपस्थिति गर्न सम्भव नभएकाले इमेल,सामाजिक संजाल मार्फत सुझाव दिन सकिने स्थानीय तहहरुले जनाएका छन् । केही स्थानीय तहहरुले सुझाव संकलनका लागि जुम मिटिङको आयोजना समेत गर्ने भएका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.