गोकुलेश्वर। सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीलाई गोकुलेश्वरमा बाजागासहित भव्य स्वागत गरिएको छ ।
वन मन्त्री भएपछि पहिलो पटक दार्चुला पुगेका धामीलाई गोकुलेश्वरमा नेता तथा कार्यकर्ताले बाजागाजासहित भव्य स्वागत गरेका हुन् ।
बिहिबार (आज) अपराह्न मन्त्री धामी गोकुलेश्वर पुगेका हुन् । मन्त्री धामी आज साझ र भोली बिहान सम्म मालिकार्जुन बस्ने छन् ।
मालिकार्जुन राष्ट्रिय धाममा पुजापाठ र भेटघाटको कार्यक्रम रहेको बताइएको छ । मन्त्री धामीको पुर्ख्यौली घर मालिकार्जुन हो ।
शुक्रबार (भोलि) मालिकार्जुन राष्ट्रिय धाममा पुजापाठ र भेटघाटको कार्यक्रम गरेर जिल्ला सदरमुकाम खलंगा जाने छन् ।