No.1 News Portal from Sudurpashchim Province
bajaj

आफ्नै लिङ्ग काटेर अस्पताल दौडेका युवकको गरियो शल्यक्रिया

गोकुलेश्वर । आफ्नै लिङ्ग काटेर घाइते भएका मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ७ नयाँगाउँका २२ वर्षीय युवकको चितवन मेडिकल कलेज भरतपुरमा शल्यक्रिया गरिएको छ ।

उनको लिङ्गको चुँडिन लागेको भागलाई फालेर शल्यक्रिया गरिएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । उनी अहिले खतरामुक्त अवस्थामा छन् ।

pm office

उनी आफैं खाना खान सक्ने भएका छन् । ६÷७ घण्टा भन्दा पहिले काटिएको र काटिएको भाग जीवित नभएको त्यसलाई हटाइएको डा. लम्सालले बताए । उनको ४५ मिनेट जति लगाएर शल्यक्रिया गरिएको हो । काटिएको आधा भाग पनि बचाउनका लागि सर्जरी गरिएको डा. लम्सालले बताए ।

अस्पतालका सर्जन डा. किशोर ताम्राकार र डा. वीरेन्द्र राउतको टोलीले हुमागाईको शल्यक्रिया गरेको हो । अस्पतालका प्लास्टिक सर्जन डा. मनिष देवकोटा समेतको टोलीले काटिएको भाग बचाउने प्रयास गरे पनि सम्भव नभएको डा. लम्सालले बताए ।

बुधबार राति हेटौँडा बसपार्कस्थित लजमा बसेका उनले लिङ्ग काटेर घाइते भएका थिए । घाइते उनी आफैं उपचारका लागि हेटौँडा अस्पताल पुगेका थिए । अस्पतालले थप उपचारको लागि राति नै चितवन मेडिकल कलेज रेफर गरेको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.