No.1 News Portal from Sudurpashchim Province
bajaj

ससुराले बुहारी कुटेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि…

गोकुलेश्वर । बर्दियामा बुहारी कुट्ने ससुरालाई प्रहरीले पक्राउ गरेको छ ।

बारबर्दिया नगरपालिका–११ विजयनगरकी २५ वर्षीया प्रमिला थारूलाई उनका ससुरा ५३ वर्षीय भर्थरी चौधरीले कुटपिट गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले उनलाई बिहीबार बिहान नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय बासगढीका प्रमुख प्रहरी निरीक्षक सुधिर खड्काले सामाजिक सञ्जालमा बुहारीमाथि ससुराले घरबाट निकाल्दै सडकसम्म कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा देखेपछि घटना अनुसन्धानका लागि ससुरा भर्थरीलाई बिहान साढे ११ बजेतिर नियन्त्रणमा लिइएको  बताए ।

pm office

खड्काका अनुसार घटना बुधबार बेलुका चार बजेतिरको हो ।

जतिखेर प्रमिलाले घरभित्र मोबाइलमा भिडिओ हेरिरहेकी थिइन्। ससुरा भर्थरी मदिराले मातेका थिए। मदिराले मातेका ससुराले एकाएक बुहारीको हातबाट मोबाइल खोसेका थिए । त्यसपछि उनीहरूका बीचमा भनाभन भएको थियो। भनाभनकै क्रममा ससुरा आक्रोशमा आएर बुहारीमाथि कुटपिटमा उत्रिएको प्रहरी अधिकारीहरू बताउँछन्। उनले बुहारीलाई घर भित्रबाट कुट्दै बाहिर सड्कसम्म लखेट्दै कुटपिट गरेको भिडिओ पनि सार्वजनिक भएको छ ।

‘ससुरा भर्थरीले त्यो देखेर तैंले मोबाइल मात्रै हेर्ने भन्दै एकाएक हात खुट्टाले कुट्दै घरबाट सडकमा लगेर समेत कुटेको भन्ने छ,’ प्रहरी निरीक्षक खड्काले भने, ‘भिडिओमा पनि सडकमा प्रमिलामाथि कुटपिट भइरहेको दृष्य देखिन्छ।’

भर्थरीकी श्रीमतीसहित अन्य दुई तीन जना छिमेकी महिलाले भर्थरीलाई रोक्न प्रयास गरे पनि उल्टै भर्थरी ती महिलाविरूद्ध पनि जाइलाग्न खोजेको भिडिओमा देखिन्छ। ससुराको कुटाइबाट बुहारी सामान्य घाइते भएकी छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.