No.1 News Portal from Sudurpashchim Province
bajaj

गोकुलेश्वर पुलमा आउँछ बजारको सबै ढल,व्यवस्थापन नहुँदा आवतजावत गर्न समस्या

सरोकारवाल निकाय मौन

गोकुलेश्वर। सडक मार्गबाट दार्चुला र बैतडी जोड्ने एकमात्र मुख्य मोटरेवल पुलमा ढल निकास व्यवस्थापन नहुँदा आजवत जावत गर्न निक्कै समस्या भएको छ ।

बैतडीको डिलाशैनी गाउँपालिका—६ र दार्चुलाको शैल्यशिखर नगरपालिका—९ जोड्ने चमेलिया नदी माथि निर्माण गरिएको गोकुलेश्वर पुलमा बैतडीको गोकुलेश्वर बजारबाट निस्केको ढल सिधै पुलमा आउँदा पुल हिलाम्य हुँदा सर्वसाधारणलाई आवतजावत गर्न समस्या भएको हो ।

पानी परेको बेला बैतडीको गोकुलेश्वर बजारको सबै ढल सिधै पुलमा आउने गर्छ । पुलमै जमेर हिलाम्य हुन्छ । पुलमा जमेको ढल निकास नहुँदा समस्या छ । ढल निकास गर्न पुलमा रहेका पाइपमा माटो भरिएको छ । पाइपमा माटो भरिएर ढल जमेको छ ।

यसरी पुलमै पानी र ढल जमेको हुँदा बालबालिका,वृद्ध लगायत अन्यलाई आवतजावत गर्न निक्कै समस्या भएको छ । यसरी पुलमा जमेको पानी र ढलले सवारी साधन र पैदल यात्रुहरुलाई चिप्लिने खतरा छ ।

pm office

यसै पुल भई दैनिक सयौैं गाडी चल्ने गर्दछन् । दैनिक हजारौं मानिस आवत जावत गर्छन । तर, यसरी पुलमा पस्ने गरेको ढल व्यवस्थापन गर्न सरोकारवाल निकायले चाँसो देखाएको छैन् ।

गोकुलेश्वर बजारबाट संकलित भएको फोहोर मैला समेत यसै पुलमा फाल्ने गरेका छन् । यसले गर्दा झन पुल कुरुप बन्नुका साथै आवतजावत गर्न झन समस्या हुने गरेको छ ।

पक्की पुल मर्मत तथा संरक्षण नहुँदा जीर्ण बन्दै गएको बेला यसरी ढल पुलमै जमा हुँदा झन जीर्ण बन्दै छ । विसं २०५८ मा निर्माण पूरा भएको पक्की पुल समयम मर्मत तथा संरक्षण नहुँदा जीर्ण बन्दै छ । 

दार्चुला लागि दैनिक उपभोग्यका सामाग्री सहित विकास निर्माणका सम्पूर्ण सामाग्रीहरू यसै पुल भएर जिल्ला भित्रिने गर्दछन् ।

अहिले यसका पिलर र बारमा खिया लागेको छ । किनारामा लगाएका केही सुरक्षा पाइप हराइसकेका छन् भने केही पाइप र किलाकाँटा पनि खुस्किएका छन् । पुलको वरिपरि हुनुपर्ने सुरक्षा पर्खाल नहुँदा उखेलिने क्रम बढेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.