No.1 News Portal from Sudurpashchim Province
bajaj

मकवानपुका नवीनले आफ्नै लिंग काटेपछि…

गोकुलेश्वर।मकवानपुरमा एक व्यक्तिले आफ्नै संवेदनशील अंग (लिंग) काटेका छन् । हेटौँडा उपमहानगरपालिका—१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजको १ नम्बर कोठामा ती व्यक्ति आफैँले संवेदनशील अंग काटेका हुन् ।

pm office

मकवानपुरकै मकवानपुरगढी गाउँपालिका–७, नयाँगाउँका २२ वर्षीय नवीन हुमागाइँ आफ्नै संवेदनशील अंग (लिंग) काटेका हुन् । उनी घाइते छन् । गए राति करिब १० बजेको घटना हो ।

वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार हुमागाइँ संवेदनशील अंग काटेर घाइते भएपश्चात् उपचारका लागि आफैँ गए राति करिब पौने १२ बजे हेटौँडा अस्पतालमा पुगेका थिए । थप उपचारका लागि उनलाई चितवनको भरतपुरतर्फ पठाइएको प्रहरीले जानकारी गराएको छ ।

हुमागाइँले आफैँले संवेदनशील अंग किन काटे भन्नेबारे कारण खुल्न बाँकी छ । उनको तत्कालीन अवस्था मध्यम र बोल्न सक्ने स्थितिमा रहेको सो कार्यालयले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.