No.1 News Portal from Sudurpashchim Province
bajaj

सन्दीप लामिछानेविरुद्धको बलात्कारमो मुद्दामा आज पेसी, मुद्दा किनारा लाग्ने सम्भावना

गोकुलेश्वर । बालिका बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज पेसी तोकिएको छ । 

अन्तिम सुनुवाइ भनिएको यस पेसीमा आज लामिछानेको मुद्दाको किनारा लाग्ने सम्भावना छ ।

पीडित र वादी नेपाल सरकारका तर्फबाट पीडितको उमेर १८ वर्षभन्दा कम भएको दाबी गरी मुद्दा दर्ता गराएका थिए भने लामिछानेका तर्फबाट वकालत गर्ने अधिवक्ताहरूले पीडित भनिएकीको उमेर १८ वर्ष पूरा भइसकेको दाबी छ। यो मुद्दामा अहिले उमेर नै मुख्य विषय बनेको छ ।
किशोरीको उमेर घट्ना भएको समय (०७९ भदौ ५ गते) मा १८ वर्ष तीन महिना रहेको दाबी गरिएको थियो। नागरिक्तामा किशोरीको जन्म मिति २०६२ जेठ १८ गते उल्लेख छ।

pm office

लामिछाने पक्षले भने किशोरीको जन्म मिति २०६१ जेठ १८ गते रहेको दाबी गरी किशोरीको उमेर १८ वर्ष पूरा भइसकेको दाबी गरेको छ । नुवाकोटको एक स्थानीय तहमा गरिएको किशोरीको जन्म दर्तामा किशोरीको जन्म मिति २०६१ असार १८ गते भएको दाबी गरिएको छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ले १८ वर्ष नपुगेकी किशोरीसँग आपसी सहमतिमै शारीरिक सम्पर्क राखे पनि त्यसलाई जबरजस्ती करणी मानिने व्यवस्था छ । संहिताको दफा २१९ को उपदफा २ मा मन्जुरी लिएर करणी लेनदेन गरेमा पनि बालिकाको उमेर १८ वर्षभन्दा कम भएमा त्यसलाई जबरजस्ती करणी मानिने उल्लेख छ ।

सोही कानुनको आधारमा सन्दीपमाथि बालिका बलात्कारको अभियोग लगाएर १० देखि १२ वर्षसम्मको कैद सजाय र मनासिब क्षतिपूर्तिको माग गरिएको थियो ।

तर यदि किशोरीको उमेर १८ वर्ष पुगेको अवस्थामा भने आपसी सहमतिमा यौन सम्बन्ध स्थापित गर्नसक्ने अवस्था छ । 

सन्दीपक्षका कानुन व्यवसायीले भने उक्त दिन कुनै जोर जबरजस्ती नभएको, सन्दीप र किशोरी हाँसुखुसी र सहमतिमै होटलमा गई बास बसेको, निस्कँदा पनि हात समाएरै हाँसी खुसी निस्किएको सिसीटिभी फुटेजमा देखिएको भन्दै त्यसलाई बलात्कार भन्न नमिल्ने जिकिर लिएका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.