No.1 News Portal from Sudurpashchim Province
bajaj

भीमदत्त राजमार्ग आज ६ घण्टा अवरुद्ध हुने

गोकुलेश्वर । सुदूरपश्चिमका पहाडी र तराई जिल्ला जोड्ने भिमदत्त राजमार्ग आज बिहीबार ६ घण्टा बन्द हुने भएको छ । 

pm office

पहिरोले क्षतिग्रस्त राजमार्गको मर्मत सम्भारका लागि आज दिउँसो १२ बजेदेखि साँझ ६ बजे सम्म सडक बन्द गरिने प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका ४ बुढीतोलामा यही साउन २२ गतेका दिन पहिरोले सडक भासिएको थियो । सडक भासिएपछि नयाँ ट्रयाक खोलेर गाडी आवतजावत भइरहेका छन् ।
नयाँ ट्रयाक खोलेको ठाउँमा मर्मत सम्भारका लागि दिउँसो राजमार्ग बन्द गरिने ट्राफिक प्रहरीले जनाएको छ । 

सवारी आवागमनलाई सहज बनाउन सडक मर्मत सम्भार गर्न लागिएको हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.