गोकुलेश्वर । अर्थमन्त्री प्रकाशशरण महतको आधिकारिक फेसबुक पेज ह्याक भएको छ। उनको पेज भियतनामीको नियन्त्रणमा पुगेको छ ।

जुलाई १७ सम्म अर्थमन्त्री महतले अपडेट गरेको पेज आफनो नियन्त्रणम ल्याउन मन्त्रीको सूचना प्रविधि टिम प्रयासरत छन्। तर सफल भएको छैन ।
टिमले नेपाल प्रहरीको साइबर ब्युरोको समेत सहयोग लिए पनि फेसबुक पेज पूर्ण रूपमा नफर्किएको टिमका एक सदस्यले जानकारी दिए।
पेज ट्रान्सपरेन्सीमा गएर हेर्दा भियतनामबाट ४ वटा फेसबुक आइडीबाट उक्त पेज ह्याण्डील भएको देखिन्छ। पेज कसरी भियतनामीको नियन्त्रणमा पुग्यो भन्ने पनि खुलेको छैन ।



