No.1 News Portal from Sudurpashchim Province
bajaj

डडेल्धुराकी अमृता खोलामा मृत भेटिइन्

गोकुलेश्वर । डडेल्धुराको परशुराम नगरपालिका–१२ आमपानीकी १४ वर्षीया अमृता राउटे बुधवार बिहान मृत फेला परेकी हुन् । 

pm office

पारिवारिक श्रोतका अनुसार उनी मंगलवार दिउँसो घरबाट माछा मार्न भनि खोलातिर गएकी थिइन् ।

माछा मार्न गएकी अमृता अबेरसम्म घर नआएपछि परिवारले उनको खोजि गरेको थियो। खोजि गर्ने क्रममा उनको शव आज बिहान रंगुन नदीको किनाराको तटबन्धमा फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख गंगादत्त बडुले बताए । उनका अनुसार बालिकाको कपडा भिजेको र मुखबाट फिज आएको अवस्थामा शव फेला परेको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरिले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.