No.1 News Portal from Sudurpashchim Province
bajaj

कृषकबाट घुस माग्ने कृषि अधिकृत गोकुल राजीनामा दिएर हिडे

गोकुलेश्वर । कैलालीको गोदावरी नगरपालिकाका कृषि अधिकृतले राजीनामा दिएका छन् ।सेवाग्राहीसँग घुस मागेको आरोप लागेका गोदावरी नगरपालिकामा कार्यरत कृषि अधिकृत गोकुल भट्टले राजीनामा दिएका हुन् ।

pm office

नगरपालिकाको कृषि शाखाका अधिकृतले सेवाग्राही कृषक समूहहरूसँग अनुदान रकमको २० प्रतिशत कमिसन मागेको आरोप लागेपछि नगरपालिकाले स्पष्टीकरण सोधेको थियो । तर स्पष्टीकरणको जवाफ दिनुको साटो भट्टले राजीनामा दिएका हुन् ।

आरोप लागेको थाहा भएकै दिन ३ दिने स्पष्टीकरण सोधिए पनि जवाफ प्राप्त नभएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त कुमार खत्रीले बताए । उनले जवाफ पेश गर्नुपर्ने दिन कटेपछि भट्टको राजीनामा पत्र आएको जानकारी दिए ।

नगरपालिकाले यही साउन २१ गतेसम्मका लागि भनेर भट्टलाई स्पष्टीकरण सोधेको थियो । तर भट्टले स्पष्टीकरण नदिएर साउन २२ गते नगरपालिकामा राजीनामा पत्र बुझाएका हुन् । उनले आफूले अध्ययन गर्नुपर्नेलगायतका समस्या देखाएर राजीनामा बुझाएको बताइएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.