गोकुलेश्वर । सुन चोरेको आरोपमा बैतडीमा एक दम्पती पक्राउ परेका छन् । डिलाशैनी गाउपालिका–५ लेठ्ठेकोटका २३ वर्षीय गोपाल नाथ योगी र उनकी श्रीमती २० वर्षीया लक्ष्मी नाथलाई सुन चोरेको आरोपमा पक्राउ गरिएको हो ।

सोही ठाउँका जयानन्द नाथको घरबाट ५ तोला सुनचोरी गरेको आरोपमा दुबैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिए ।
गत साउनमा नै सुन हराएको र गोपाल र उनकी श्रीमती लक्ष्मीको नाममा किटानी जाहेरी आएपछि दुबैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दुबैमाथि चोरीसम्बन्धी मुद्धा दर्ता गरी ७ दिनको म्याद थप गरिएको छ ।



