
गोकुलेश्वर । गत साउन ३ गते सिनामंगलबाट बरामद गरिएको सुन ६० केजी भएको पाइएको छ ।
एक क्विन्टलभन्दा बढी भएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले नापजाँच गर्दा ६० केजी ७ सय ७९ ग्राम रहेको पाइएको हो ।
१ सय ६० वटा ब्रेक–सु भित्र लुकाइएको सुनको परिमाण सोमबार टक्सार महाशाखाले नापजाँच गर्दा ६० केजी ७ सय ७९ ग्राम रहेको पाइएको छ ।
