No.1 News Portal from Sudurpashchim Province
bajaj

कमिशनको पैसा सहकारीमा डुवेपछि प्रहरीका हाकिमको रुवाबासी

गोकुलेश्वर । काठमाण्डौंको शिवशिखर सहकारी संस्थाले आफुसँग लिएको पैसा फिर्ता लिँदा पत्रकार एन्जिला कार्कीलाई घुस लिएको आरोपमा केही समयअघि महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले पक्राउ गर्यो ।

अदालतबाट उनले सफाई त पाईन, तर २८ दिनसम्म हिरासतमा राखेर उनलाई प्रहरीले चरम मानसिक यातना दियो । प्रहरी हिरासतबाट छुटेपछि पत्रकार कार्कीले सहकारीको डिजाईन तथा सुर्ती ब्यापारी ज्ञानेन्द्र शर्मा र न्यूरोडका डिएपी दिलवहादुर मल्लको मिलेमतोमा आफुलाई फसाईएको बताईन ।

उनका अनुसार शिवशिखर सहकारीमा उनले ब्याजमा पैसा लगानी गरेकी थिईन । तर, शहरीमा वचतकर्ताको निक्षेप अपचलन भएको र चाँडै संकट पर्न सक्ने सूचना पाएपछि उनले आफनो पैसा फिर्ता दिन सहकारीलाई ताकेदा गरिन। तर, सहकारीले पैसा फिर्ता दिनु भन्दा उनलाई फसाउने नियत राख्यो ।

तत्कालिन एसएसपी अशोक सिंहका दाहिने हात भनेर चिनिएका डीएसपी मल्ले उनीहरुलाई साथ दिए र कार्कीलाई पैसा लिदै गर्दा पक्राउ गरे। हिरासतमा कार्कीलाई ‘डेढ÷दुई लाख रुपैयाँ हेर्दिनु हुन्छ भने मिलापत्र गर्दिन्छु’ भन्दै मल्लले प्रश्ताव पनि गरे। तर, आफुले त्यो प्रश्ताव अस्विकार गरेको कार्की बताउँछिन् ।

pm office

पछि घुस मागेको आरोप लगाउँने सुर्ती ब्यापारी शर्माले नै अदालतमा वुझाएको प्रतिउत्तरमा ‘आफुले एन्जिनासँग दुई वर्षपछि १६ लाख तिर्ने मौखिक सहमतिमा १० लाख रुपैयाँ लिएको र सोही रकम वुझाउने क्रममा उक्त घट्ना भएको’ वताए। एकै पटक धेरै रकम वुझाउनु पर्दा मानसिक रुपमा विछिप्त भएको र एन्जिनाले पैसाका लागि दवाव दिने र धम्की दिने गर्न थालेपछि आफु प्रहरीसम्म पुगेको उनले बताए। उनले आफनो सहकारीको कारोवारमा केही समस्या देखिएकाले सुनियोजित रुपमा त्यो प्रकरण वाहिर ल्याएको पनि स्विकारे ।

त्यसपछि ०७८ मंसिर २२ गते पक्राउ परेकी कार्कीलाई ०७९ चैत ६ गते जिल्ला अदालत काठमाण्डौंले सफाई दियो। हिरासतमा हुँदा कार्कीसँग पैसा असुल गर्न खोज्ने एसएसपी अशोक सिंहले ‘जन्म मिति किर्ते आरोप’ लागेर जागिर छोडे ।

त्यसको केही समयपछि नै शिवशिखर सहकारी टाट पल्टियो। त्यसका संचालकको भागाभाग भयो। पछिल्लो समय शिखर अर्गनाइजेसन ग्रुप तथा शिवशिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित धेरै सञ्चालक पक्राउ परेका छन् ।

त्यो सहकारीमा तत्कालिन एसएसपी सिंह र वहालवाला डीएसपी मल्लको पनि लगानी रहेको पाईएको छ। स्रोतका अनुसार अशोक सिंहले ‘काठमाण्डौं भ्यू टावर’ निर्माणको जिम्मा पाएको जलेश्वर स्वच्छन्द विकोई विल्डर्सका सञ्चालक मनोज भेटवालसँग लिएको कमिशन उक्त सहकारीमा लगानी गरेका थिए ।

अहिले सहकारी डुवेपछि सिंह र मल्ल दुवै तनावमा रहेको स्रोतको दावी छ। दुवै जनाको लगानी भएकै कारण उनीहरु पत्रकार कार्कीलाई फसाउने कुरामा राजी भएको पनि स्रोत वताउँछ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.