No.1 News Portal from Sudurpashchim Province
bajaj

‘नक्कली डाक्टर’ भनेर समातिएका यादव थुनामुक्त

गोकुलेश्वर । डा. रञ्जित कुमार यादव थुनामुक्त भएका छन् ।

‘नक्कली डाक्टर’ भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको थियो ।

pm office

अहिले नक्कली डाक्टरविरुद्ध अभियान नै चलाएको सीआईबीले यादव सक्कली नै भएको थाहा पाएपछि थुनामुक्त गरेको हो ।

नेपाल मेडिकल काउन्सिलले यादवको प्रमाणपत्रको प्रतिलिपि सहितको पत्र सीआईबीलाई सोमबार पठाएको थियो । काउन्सिलको उक्त पत्रपछि सीआईबीले उनलाई छाडेको हो ।

यो प्रकरणमा प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नो सुनिल शर्मा पनि पक्राउ परेका थिए । तर उनी २ दिनमा नै छुटेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.