No.1 News Portal from Sudurpashchim Province
bajaj

सिआइबीले नक्कली भनेर सक्कली डाक्टर समात्यो

गोकुलेश्वर । नक्कली शैक्षिक प्रमाणपत्रको प्रयोग गरेको आरोपमा सातजना चिकित्सकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले प्रकाउ गरिसकेको छ ।

तर यसरी प्रकाउ परेका चिकित्सक मध्ये एकजना सक्कली चिकित्सक रहेको खुलेको छ। पक्राउ परेका चिकित्सकमध्ये डा रञ्जित यादव सक्कली भेटिएका हुन् । नाम थर जुध्न गएकाले प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रको प्रकरणमा सक्कली डाक्टर रञ्जित यादवलाई पक्राउ गरिएको नेपाल मेडिकल काउन्सिलले जनएको छ ।

काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारीले नाम, थर र ठेगाना सबै मिल्न जाँदा प्रकाउ पर्नुपर्ने चिकित्सक नभएर अर्कै चिकित्सक प्रकाउ परेको बताए ।

pm office

’बाबुको नामबाहेक नाम, थर ठेगाना सबै मिल्न जाँदा प्रकाउ पर्नुपर्ने भन्दा अर्कै व्यक्ति प्रकाउ परेछन् अहिले हामीले उहाँको सबै प्रमाणपत्रहरु सिआइबीलाई पठाइसकेका छौँ अब प्रक्रिया मिलाएर छुट्नुहुन्छ होला“ काउन्सिलका रजिष्ट्रार डा अधिकारीले भने ।

सिआइबीले पक्राउ गरेका काठमाडौंको इशान अस्पताल धापासीका चिकित्सक डा. श्रद्धा सिल्पकार र मोरङका मनिष चौधरीले आफ्नै फार्मेसी सञ्चालन गरेका व्यक्ति हुन् ।

सिआइबीले चलाएको ‘अपरेसन चार्ली फक्सट्रोट’ अन्तर्गत कांग्रेसका सांसद समेत रहेका डा सुनील शर्मा, डा रञ्जितकुमार यावद, डा अमृत चौधरी, डा रामबाबु यादव र डाक्टर एरिना यादवसहित ७ जनालाई प्रकाउ गरेको हो ।

डा शुनिल शर्मा चीनबाट एमबिबिएस गरेर आएका विराटनगरस्थित नोबल मेडिकल कलेज र काठमाडौंको काठमाठौं मेडिकल कलेजका संचालकसमेत हुन। यस्तै , डा अमृत चौधरी त्रिवि शिक्षण अस्पतालमा कार्यरत रहेका चिकित्सक हुन् ।

उनीहरुलाई चिकित्सा शिक्षा तर्फको भन्दा पनि आइएस्सीको शैक्षिक प्रमाण पत्र नक्कली प्रयोग गरेको आरोपमा प्रकाउ गरिएको बताइएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.