No.1 News Portal from Sudurpashchim Province
bajaj

सरकारमा जनमतको इन्ट्री हुँदा माओवादीका दुई मन्त्रीको जागिर चैट

गोकुलेश्वर । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद पुनर्गठन गर्दा माओवादीका दुई जना मन्त्री रेड जोनमा परेका छन् ।

दाहालले जनमत पार्टीलाई सरकारमा सहभागि गराउने र आफ्नो पार्टीका दुई मन्त्रीलाई घर फिर्ता पठाउने तयारी गरेका छन् । पछिल्लो निर्णय अनुसार पर्यटनमन्त्री सुदन किराती र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी दुवै विदा हुने भएका छन् ।

यसअघि एकजनालाई मात्र हटाउने तयारी भएपनि अन्तिम समयमा दुवैलाई हटाउने निश्चित जस्तै बालुवाटार स्रोतले जनाएको छ ।

दुवैको कार्यसम्पादन सन्तोषजनक नदेखिएछि माओवादी नेतृत्वले उनीहरूलाई फिर्ता बोलाउने भएको हो । माओवादीबाट हाल ६ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी छन् । मोदी र किराँती दुवैको कार्यशैलीप्रति प्रधानमन्त्री एवं माओवादी अध्यक्ष दाहाल सुरूदेखि नै सन्तुष्ट छैनन् ।

pm office

मोदीले आफूलाई मन्त्री नदिए पार्टी छाड्ने धम्की दिएर पद हात पारेका थिए। उनीमाथि कर्मचारी सरुवामा चलखेल गर्ने गरेको आरोपसमेत माओवादीभित्रबाटै लागेको छ ।

किराती पनि कामभन्दा हल्ला बढी गर्ने र स्टन्टबाजीमा व्यस्त भएको निस्कर्ष बालुवाटारको छ। निर्देशन र स्पष्टीकरणमात्र सोध्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति उनमा देखिएपछि दाहालले उनलाई पनि हटाउने तयारी गरेका हुन ।

दुई जनालाई हटाएपछि एउटा मन्त्रालय जनमतलाई दिने र अर्को मन्त्रालयमा माओवादीबाट स्थायी कमिटी सदस्य हितबहादुर तामाङलाई ल्याउने तयारी रहेको बालुवाटारनिकट स्रोतले जनाएको छ ।

नुवाकोट १ बाट निर्वाचित तामाङलाई मन्त्री बनाउन दाहाललाई दबाब थियो । उनी ०६३ मा अन्तरिम व्यवस्थापिका संसद्को विधायक तथा युवा खेलकुदमन्त्री समेत भएका थिए । उनलाई शहरी विकास मन्त्रालयको जिम्मा दिन लागिएको स्रोत बताउँछ ।

जनमत पार्टीले पर्यटनमन्त्रालयमा दाबी गरिरहेकाले कांग्रेसकी सीता गुरुङलाई पर्यटनबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सार्ने तयारी छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.