No.1 News Portal from Sudurpashchim Province
bajaj

तेह्रथुममा बेपत्ता महिलाको शव गाडिएको अवस्थामा भेटियो

गोकुलेश्वर । तेह्रथुमको आठराई गाउपालिका–१ सक्रान्तिमा गाडिएको अवस्थामा एक महिलाको शव भेटिएको छ ।

गत साउन १४ गते घरबाट बेपत्ता २४ वर्षिय रेशिका श्रेष्ठको शव आफ्नै घर नजिकै गाडिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक छिपिञ्जो भोटेले जानकारी दिनुभयो ।

pm office

घरायसी विवादपछि घर छोडेर भागेको भन्दै रेशिकाका श्रीमान राजकुमार पनि केही दिनअघि बेपत्ता भएका थिए ।

श्रीमानश्रीमती नै हराएपछि रेशिकाको माइतीले खोजतलासका लागी ईलाका प्रहरी कार्यालय सक्रान्तिबजारमा खबर गरेका थिए ।

फरार श्रेष्ठको खोजी भइरहेको र घटनाबारे थप अनुुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

होटल व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठ दम्पतीको ६ वर्षीय छोरीसमेत रहेको वडाध्यक्ष प्रेमराज लिम्बुले जानकारी दिनुभयो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.