No.1 News Portal from Sudurpashchim Province
bajaj

९० वर्षीय बाबुको हत्या गर्ने छोरा प्रहरी खोरमा

गोकुलेश्वर । आफ्नै बुबा ९० वर्षीय आइतसिंह घलानको हत्या गरेको अभियोगमा जितपुर सिमरा उपमहानगरपालिका १६ टांगिया बस्ती बस्ने ६० वर्षीय दिलबहादुर घलानलाई प्रहरीले पक्राउ गरेको छ ।

pm office

घरायसी विवादको क्रममा दिलबहादुरले कुटपिट गर्दा आईत सिंहको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

उता १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका ३ गैराखुट्टी बस्ने २३ वर्षीय माधव गुरूङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गुरूङले ती बालिकालाई साउन ५ गते ललाई फकाई पीडितकै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.