गोकुलेश्वर । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बैतडीमा युवा अधिकारको क्षेत्रमा काम गर्दै आएका तीन जनालाई सम्मानित गरिएको छ ।
दशरथचन्द नगरपालिकास्तरीय युवा सञ्जालको आयोजनामा भएको कार्यक्रममा दशरथचन्द नगरपालिका १ की निर्मला टेर, दशरथचन्द नगरपालिका २ की रेजिना टेलर र दशरथचन्द नगरपालिका ४ की निशा भट्टलाई प्रशांसा पत्र सहित सम्मानित गरिएको हो ।
विगत लामो समयदेखि बालअधिकारका क्षेत्रमा काम गर्दै युवाहरुको अधिकार स्थापित गर्न र युवा सवालमा पैरवी गरेकाले तिनै जनालाई सम्मान गरिएको दशरथचन्द नगरपालिकास्तरीय युवा सञ्जालका अध्यक्ष उमेश बडूले बताए ।
युवाका सबाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि विश्वभरि युवा दिवस मनाउन थालिएको हो ।

नेपालमा भने युवासँग काम गर्ने संघसंस्थाको अगुवाइमा पहिलोपटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो ।





