No.1 News Portal from Sudurpashchim Province
bajaj

दाङका ३५ पत्रकारले तुलसीपुर उपमहानगरपालिबाट एक हजार लिटर इन्धन सुविधा लिएको खुलासा

गोकुलेश्वर । दागंमा पत्रकारिता गर्दै आएका ३५ जना पत्रकारहरूले तुलसीपुर उपमहानगरपालिकाबाट एक हजार लिटर इन्धन लिएको खुलेको छ । नेपाल पत्रकार महासङ्घ दाङलाई उपमहानगरपालिकाले कार्यालयबाट इन्धन लिएका पत्रकार र उनीहरूको विवरण उपलब्ध गराएको सुची सार्वजनिक भएको हो ।

उपमहानगरपालिकाले उपलब्ध गराएको दाबी गरिएको सूचीमा दाङमा स्थानीय सञ्चारमाध्यममा कार्यरतदेखि दाङबाट केन्द्रमा पत्रकारिता गर्ने पत्रकारहरूको नाम रहेको छ । दुई आर्थिक वर्षमा उनीहरूले हजार लिटर बराबर इन्धन सुविधा लिएको देखिन्छ ।

आर्थिक वर्ष २०७८ / २०७९ मा नौ जनाले ५ सय ७६ लिटर इन्धन लिएका थिए। आर्थिक वर्ष २०७९ / २०८० मा २६ जनाले ४ सय ४५ लिटर इन्धन लिएको देखिन्छ ।

pm office

पत्रकार, सञ्चारमाध्यम, राजनीतिक निकट संस्था अनि व्यक्तिगत आधारमा एकै पत्रकारले १० देखि सय लिटरसम्म इन्धन लिएको सूचीमा उल्लेख छ ।

आर्थिक वर्ष २०७८ / २०७९ मा वसन्त पौडेलले ६० लिटर, पत्रकार मेयर संयोजकको नाममा ५० लिटर, प्रेस सेन्टर नेपालको नाममा ५० लिटर, ओपेन्द्र बस्नेतको नाममा ३० लिटर, प्रेस चौतारी दागंको नाममा सय लिटर, अविरल राष्ट्रिय पोस्टको नाममा ६० लिटर, नगर प्रवक्ता र प्रेस संयोजकको नाममा ४६ लिटर, प्रेस चौतारी लुम्बिनी प्रदेशको नाममा सय लिटर र स्वतन्त्र पत्रकार महासङ्घ जित सागर जिएमको नाममा ८० लिटर इन्धन सुविधा लिएको उल्लेख छ ।

आर्थिक वर्ष २०७९÷२०८० मा नारायण खड्काको नाममा एक सय लिटर, राकेश बस्ने, डिल्लीबहादुर रावत, नीराजन डाँगी, डिल्लीबहादुर रावत, ओपेन्द्र बस्नेत, सुमन केसी, डिल्लीबहादुर रावत, राकेश बस्नेत, गणेश आचार्य, दीपक बोहोरा, प्रेमबहादुर राम्जा, यज्ञबहादुर बुढाले १०–१० लिटर इन्धन लिएको देखिन्छ ।

यसैगरी वसन्त पौडेल ४० लिटर, विपुल पोखरेल २५ लिटर, सुमन केसी १३ लिटर, श्यामलाल राणा २० लिटर, नीराजन डाँगी १५ लिटर महेन्द्र महरा १५ लिटर ओपेन्द्र बस्नेत १५ लिटर र शरद रेग्मीले ३० लिटर गरेर जम्मा ४ सय ४५ लिएर इन्धन सुविधा लिएको उल्लेख छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.