गोकुलेश्वर। जिल्ला प्रहरी कार्यालय दार्चुलाले जिल्ला अस्पताललाई दुई थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले आइतवार जिल्ला अस्पताल दार्चुलालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।
प्रहरीलाई सेभ नेपाल फ्रम कोभिड-१९ ग्लोबल अलाइन्स फन्ड नामक संस्थाद्धारा प्राप्त भएका दुई कन्सन्ट्रेटर मेसिन कोरोनाका बिरामीको उपचारमा सहज होस भनेर अस्पताललाई हस्तान्तरण गरेको प्रहरी नायव उपरीक्षक भट्टले बताए ।
कोरोनाका बिरामीको उपचारमा सहज होस भनेर अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले बताए।



