No.1 News Portal from Sudurpashchim Province
bajaj

राजमार्ग सडकको दुर्दशाले यात्रुलाई सकस

गोकुलेश्वर । कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर ४ बुढीतोला लगायत क्षेत्रमा भीमदत्त राजमार्गमा पहिरो गएको छ ।

 सोमवार रातिदेखिको वर्षाका कारण पहिरो जाँदा राजमार्ग अवरुद्ध छ । राजमार्ग सञ्चालनका लागि सडक डिभिजन कार्यालयलाई हम्मेहम्मे परेको छ । पाँच दिनसम्म पनि भीमदत्त राजमार्ग सञ्चालनमा नआएपछि पहाडी जिल्लासँगको सडक सम्पर्क टुटेको छ ।

सडक डिभिजन कार्यालय, महेन्द्रनगरका प्रमुख हरि सुवेदीका अनुसार राजमार्ग सुचारु भए पनि यातायात सञ्चालनमा समस्या हुने देखिएको छ । 

शनिवारदेखि वर्षाको सम्भावना रहेकाले भीमदत्त राजमार्गको पहिरो हटाए पनि सहज नहुने देखिएको छ । ‘हामीले यो बाटो खोलौला, एक घण्टा चलाउला। तर भोलिबाट पानी पर्ने भनिएको छ ।
सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्र राजमार्ग भीमदत्त हो । भीमदत्तको चुरे क्षेत्रमा पहिरो गएपछि पहाडी जिल्ला सडक सम्पर्क विहीन भएका छन्। पहाडी जिल्ला जोड्न धनगढी–विपीनगर–दीपायल सडक, दैजी–जोगबुढा सडक, सेती लोकमार्ग, चिसापानी–जंगलघाटा–मंगलसेन सडक निर्माणको चरणमा छन् । दैजी–जोगबुढा सडक प्रदेश सरकारको मातहतमा छ भने अरु सबै सडक संघीय सरकारले निर्माण गर्दैछ ।

pm office

तर सबै सडकमा यातायात सञ्चालन गर्न सक्ने अवस्था भने छैन । सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख सुवेदीले वैकल्पिक सडकहरु भएको भए प्रदेशका नागरिकले दुःख पाउने अवस्था नहुने बताए । भीमदत्त राजमार्गको चुरे पहाडमा पहिरो गएकाले उत्तम विकल्प धनगढी–विपीनगर–दीपायल सडक हो। धनगढी–दीपायल द्रुतमार्गको कैलाली खण्डमा ट्रयाक निर्माणको काम पूरा भएको छ । तर बर्खाका कारण उक्त सडक पनि पहिरोले अवरुद्ध गरेको छ ।

संघीय सरकारले बजेट विनियोजन नगरेकाले गत आर्थिक वर्षमा सडक निर्माणको पूर्ण काम गर्न सकिएको थिएन । धनगढी–दीपायल द्रुतमार्ग सडक योजना कार्यालयका प्रमुख लक्ष्मण रावलले दु्रतमार्ग बर्खाको पानीले पहिरो जाँदा बन्द भएको बताए। उनले भने, ‘पहिरोले बाटो अवरुद्ध छ। यातायात सञ्चालन गर्न सक्ने अवस्था छैन । सिपीनगरसम्म जान सक्ने अवस्था छैन ।’

पहाडी जिल्ला अछाम, बाजुरा जोड्ने चिसापानी–जंगलघाट मंगलसेन सडक निर्माणको एक पुस्ता खाएको छ । सेती लोकमार्ग निर्माणको विषयले पनि एक पुस्ता खाएको छ । तर प्रदेशका पहाडी जिल्लाका नागरिकको सहजताका लागि निर्माण थालिएका सडकको काम अझै अलपत्र छन् ।

सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने वैकल्पिक राजमार्ग नहुँदा प्रदेशवासी हैरान भएका छन् । सुदूरपश्चिमको सात पहाडी जिल्ला भीमदत्त राजमार्गबाहेक वैकल्पिक सडक मार्ग नहुँदा प्रदेशवासीलाई हैरानी हुने गरेको छ । धनगढी–विपीनगर–दीपायल सडक, दैजी–जोगबुढा सडक, सेती लोकमार्ग, जंगलघाट मंगलसेन सडक निर्माणमा बेवास्ता गरिँदा प्रदेशवासीले सास्ती झेल्नु परेको छ ।

 भीमदत्त राजमार्गमा पहिरो जाँदा वैकल्पिक सडक प्रयोग गर्न सकिएको छैन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.