No.1 News Portal from Sudurpashchim Province
bajaj

माछा मार्न गएका कैलालीका प्रकाश बम बझाङको सेतीमा बेपत्ता

गोकुलेश्वर । माछा मार्न गएका कैलालीका प्रकाश बम बझाङको सेती नदीमा बेपत्ता भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुर घर भएका बम बझाङको दुर्गाथली गाउँपालिका–२ मौरीबगरमा मजदुरीको काम गर्दै आएका थिए ।

pm office

३० वर्षीय बम शुक्रवार साँझ दुर्गाथलीको मौरीबगर स्थित सेती नदीमा माछा मार्न जाँदा पौडी खेल्ने क्रममा सेती नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रहरी टोलीले उनको खोजतलासका साथै आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.