No.1 News Portal from Sudurpashchim Province
bajaj

अदालतको आदेशपछि प्रहरी खोरबाट बाहिर निस्किए शर्मा

गोकुलेश्वर । मेडिकल कलेज सञ्चालकसमेत रहेका प्रतिनिधिसभा सदस्य सुनील शर्मालाई काठमाडौँ जिल्ला अदालतले रिहा गर्ने आदेश दिँदा मुख्यतः दुई वटा कारणलाई आधार बनाएको छ ।

pm office

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डण्डपाणि शर्माको एकल इजलासले सुनील शर्मा भागी जाने सम्भावना नदेखिएको र निजले प्रमाण लोप वा नष्ट गर्ने अवस्थाको विद्यमानता समेत नरहेको कारण देखाएर उनलाई रिहा गर्ने आदेश दिएको हो ।

अदालतको आदेशमा सुनील शर्माको हकमा २०७९ साउन ५ मा केन्द्रीय अनुसन्धान ब्युरोलाई निजको शैक्षिक योग्यताको बारेमा राष्ट्रिय परीक्षा बोर्डले पत्राचार गरेकोमा एक वर्षको अवधिमा कुनै अनुसन्धान प्रक्रिया नै अगाडि नबढाएकोसमेत जिकिर गरिएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.