गोकुलेश्वर । उत्तराखण्डको पिथौरागढस्थित बन्दी गृहबाट फरार भएकी एक जना नेपाली युवती सहयोगीसहित पक्राउ परेकी छन् ।

दार्चुलाको दुम्लिङ घर भएकी २५ वर्षीया अनुष्का भनिने आकृती बुढाथोकीलाई पिथौरागढ प्रहरीले आज थल क्षेत्रबाट पक्राउ गरेको हो ।
बुढाथोकीलाई भगाउन सहयोगीको भूमिका निर्वाह गरेको भन्दै एक नाबालिकासहित तीन जना भारतीय नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको छ । बुढाथोकी पिथौरागढस्थित बन्दी गृहबाट शनिबार राति करिब १२ देखि ४ बजेको बीचमा भागेको हुनसक्ने आशंका प्रहरीको छ ।
