गोकुलेश्वर । अछाममा अरिंगालको टोकाइबाट एक जनाको ज्यान गएको छ ।

जिल्लाको साँफेबगर नगरपालिका– ८ चण्डिका काटैका ७२ वर्षीय टेक बहादुर कुँवरको अरिंगालको टोकाइबाट ज्यान गएको हो ।
बिहीबार बाख्रा चराउन जंगल गएका कुँबरलाई मौरिडाडा भन्ने ठाउँमा अरिंगालले टोकेको थियो ।
अरिंगालको टोकाइबाट गम्भीर घाइते भएका उनको बयालपाटा अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताउनुभयो ।
