No.1 News Portal from Sudurpashchim Province
bajaj

नुवाकोटमा महिलाको शव फेला

गोकुलेश्वर । नुवाकोटको तारकेश्वर गाउँपालिका ४ स्थित दर्शनटारमा एक महिलाको शव फेला परेको छ ।

pm office

 जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार धादिङ जिल्ला नीलकण्ठ नगरपालिका १४ की अन्दाजी ४२ वर्षीया सरस्वती रिमालको शव फेला परेको हो । बुधबार पौने पाँच बजेतिर स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई जानकारी दिएका थिए ।

खोजतलासको क्रममा ती महिलाको पहिचान खुलेको र उनी बुधबार बिहान घरबाट एक्लै उपचारका लागि भनेर त्रिशूली अस्पताल आएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डिएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.