No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा आर्मीमा जागिर लगाईदिन्छु भन्दै ठगी गर्ने ३ कारागार चलान,पाँच जना धरौटीमा रिहा

गोकुलेश्वर। दार्चुलामा नेपाल आर्मीमा जागिर लगादिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका आठ जनामध्ये तीन जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

pm office

जिल्ला अदालत दार्चुलाका न्यायाधीश खेमराज भट्टको एकल इजलासले मङ्गलवार महाकाली नगरपालिका—३ बाँजका २७ वर्षीय नरेन्द्रसिंह महर, ३८ वर्षीय रुकुमसिंह महर र मालिकार्जुन गाउँपालिका–३ का ५१ वर्षीय श्यामसिंह धामीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

त्यस्तै, अन्य पाँच जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । 

धरौटीमा रिहा हुनेमध्ये महाकाली नगरपालिका—३ का २१ वर्षीय ईश्वरसिंह महरबाट एक लाख रुपैयाँ, सोही ठाउँका ४४ वर्षीय विशनसिंह नगाल, २७ वर्षीय रमेशसिंह महर, ३० वर्षीय देवसिंह महर र कैलालीको गोदावरी नगरपालिका —३ कालीका टोलका ३४ वर्षीय शंकरकुमार भुलबाट जनही ५० हजार रुपैयाँ धरौटी माग गरिएको दार्चुला अदालतले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.