No.1 News Portal from Sudurpashchim Province
bajaj

बागमती पहिरो : बाबुछोरीको शव फेला परेसँगै मृतक संख्या ३ पुग्यो

गोकुलेश्वर । मकवानपुरको बागमती गाउँपालिकाको सिक्रे दोभानमा पहिरोमा पुरिएर बेपत्ता भएका ६ मध्ये थप दुई जनाको शव फेला परेको छ ।

मंगलबार बिहान गएको पहिरोका कारण दुई घरका ६ जना बेपत्ता भएका थिए ।

आज बिहान बाबुछोरीको शव फेला परेसँगै मृत्यु हुनेको संख्या तीन पुगेको हो ।

pm office

आज ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र उनकी २२ वर्षीय छोरी शिला पहरीको शव घरभन्दा १० किलोमिटर पर फेला पारेको हो ।

पहिरोले पुरिएको मध्ये एक जनालाई उद्धार गरेर अस्पताल लगिए पनि उनको बाटोमै मृत्यु भएको थियो ।

पहिरोले पुरिएर हराइरहेका सिन्धुली हरिहरपुर गाउँपालिका–१ कोकरेका अन्दाजी १७ वर्षीय पासाङ घिसिङको सकुशल उद्धार गरी उपचारको लागि हेटौँडा पठाइएको छ ।

भारी वर्षासँगै मंगलवार बिहान सिक्रे दोभानका स्थानीय ६० वर्षीय अक्कलबहादुरको स्याङतानको घर बगाउँदा उनीसँगै उनको श्रीमती ५५ वर्षीया सन्त स्याङतान उनकी छोरी २२ की शिला पहरी, ज्वाइँ २५ वर्षी जीवन पहरी, नाति ४ वर्षीय मिलन पहरी, नातिनी डेढ की दिव्या पहरी र उनीहरूका आफन्त सिन्धुली हरिहरपुरका पासाङ घिसिङ बेपत्ता भएका थिए ।

हराइरहेका अन्य ३ जनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.