गोकुलेश्वर । एक महिलासँगको अश्लील क्रियाकलाप टिकटक लाइभमार्फत् सार्वजनिक भएपछि विवादित बनेका झापा दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौला संघीय तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् ।

मन्त्रालयले हालै उपसचिव सरुवाको निर्णयको सूचीमा निरौला पनि परेका हुन् । निरौलाको ठाउँमा तारकेश्वर नगरपालिका काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीलाई पठाइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत निरौलालाई यसअघि केही कुरा बुझ्न भन्दै मन्त्रालयमा बोलाएको थियो ।
