No.1 News Portal from Sudurpashchim Province
bajaj

महिनावारी हुदा गोठमै सुतेकी बैतडीकी अनिताको सर्पको टोकाइबाट मृत्यु

गोकुलेश्वर । बैतडीमा सर्पको टोकइबाट एक किशोरीको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

pm office

महिनावारी भएको बेला गोठमै सुतिरहेको अवस्थामा अनितालाई मंगलबार राती सर्पले टोकेको र बुधबार बिहान उनको मृत्यु भएको वडा नं ४ को कार्यालयमा कार्यरत ईएमआइएस अपरेटर समेत रहनु भएका स्थानीय प्रेम बहादुर चन्दले जानकारी दिए । ‘महिनावारी भएको चार दिन भएको रहेछ, गाईर्भैँसीकै कोठमा सुतेकी रहिछन्, आफन्त चन्दले भने, अध्यराती सर्पले टोकेर घाइते बनाएको हो, आफन्तले बैद्यलाई बोलाउन गएको समयमा उनको घरमै मृत्यु भयो’ ।


किशोरी अनिता नजिकैको जवलपुर मावि सैलोडामा कक्षा ९ मा अध्यानरत थिइन् ।
बैतडीमा महिनावारी भएको बेला अधिकांस जसो महिला तथा किशोरीहरु गोठमै सुत्ने गरेको स्थानीय बताउछन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.