No.1 News Portal from Sudurpashchim Province
bajaj

यस्ता छन् गर्भनिरोधक औषधि लिँदाका फाइदा र घाटा

गोकुलेश्वर । अमेरिकामा महिलाहरूले डाक्टरको पर्चाबिनै पनि गर्भनिरोधक चक्की वा ओरल कन्ट्रासेप्टिभ पिल लिन पाउने भएका छन् । 

हालै मात्र अमेरिकाको खाद्य तथा औषधि प्रशासनले जुनसुकै उमेरका महिलाले गर्भनिरोधक चक्की ओपिल लिन पाउने घोषणा गरेको हो ।

ओपिलका अनुसार, सन् २०१४ को सुरुवातदेखि फार्मेसी पसलमा उसको दबाई पाइन थालेको छ ।

अमेरिकासहित संसारका सय देशका औषधि पसलमा गर्भनिरोधक चक्की पाइनेछ । ल्याटिन अमेरिका, चीन, बेलायत, भारतलगायत देश सयभित्र पर्नेछन् ।

अमेरिकी महिला विशेषज्ञहरूका अनुसार, गर्भनिरोधक औषधिलाई लिएर महिलामा पनि खासगरी किशोरीहरू लजाउँथे । प्रजनन्सँग जोडिएका स्वास्थ्य सेवा लिन पनि उनीहरूलाई मुस्किल हुन्थ्यो । अब त्यस्तो हुने छैन ।

नेसनल लाइब्रेरी अफ मेडिसिनका अनुसार, मेडिसिनको इतिहासमा हजारौँको संख्यामा औषधि विकसित गरियो तर सन् १९५० मा गर्भनिरोधक औषधिको विकासपछि ठूलो परिवर्तन गरिएको छ ।

यसबारे लेखिएको जानकारीमा यसबाट महिलालाई स्वतन्त्रता मात्र होइन, प्रजनन् स्वायत्तता पनि मिलेको उल्लेख छ ।

नेपालमा गर्भनिरोधक औषधिको प्रयोग कम

दक्षिण एसियाली देशका महिलाहरूमध्ये सबैभन्दा बढी बंगलादेशमा २३.१ प्रतिशतले गर्भनिरोधक औषधिको प्रयोग गर्छन् । पाकिस्तान सबैभन्दा कम १.२ प्रतिशत औषधि प्रयोग गर्ने देशमा पर्छ । पाकिस्तान र भारत (३.१ प्रतिशत) पछि नेपालमा ३.८ प्रतिशत महिलाले गर्भनिरोधक औषधि प्रयोग गर्ने गरेको संयुक्त राष्ट्र संघको ‘कन्ट्रासेप्टिभ युज बाइ मेथड २०१९’ ले देखाएको थियो ।
गर्भनिरोधक औषधिको प्रभाव

डाक्टरहरूका अनुसार, गर्भनिरोधक औषधि लिँदा ठूलो असर केही पर्दैन तर सीओसी र पीओपी लिँदा महिलाको शरीरमा केही प्रभाव अवश्य पर्छ ।

डाक्टरको भनाइमा जुन औषधिमा इस्ट्रोजेन हार्मोन हुन्छ, त्यसले ब्लड क्लट, मुटु, उच्च रक्तचापका बिरामीलाई सहयोग नै पु¥याउँछ । प्रोजेस्ट्रोन हुने औषधि प्रयोग गर्ने महिलामा टाउको दुख्ने, अनियमित महिनावारी र चक्कर लाग्नेजस्ता समस्या देखिन सक्छ ।

यी औषधि दिनुअघि डाक्टरले महिलामा मृगौला, कलेजो, क्यान्सरजस्ता रोग छ कि छैन भनेर हेर्छन् । गर्भनिरोधक औषधि लिँदा महिलामा फरक–फरक असर पर्न सक्ने डाक्टरको भनाइ छ । मुख्यतः यस्ता असर देखिन सक्छन् ।

● शरीरमा पानी जम्मा हुने
● शरीरमा भारीपन महसुस हुने
● डण्डिफोर बढ्ने खतरा
● स्तन भारी भएको महसुस हुने
● मुड स्विङ्ग्स हुने ।

pm office

भारतकी डा. प्रतिमा मित्तलका अनुसार, गर्भनिरोधक औषधि लामो समयसम्म लिन सकिन्छ । यसको दुष्प्रभाव खासै छैन ।

महिला अधिकारकर्मी डा. सुचित्रा देलवी भन्छिन्, ‘धुम्रपान गर्ने महिलाले गर्भनिरोधक औषधि लिइरहेकी छन्, त्यसमा इस्ट्रोजन छ भने त्यसबाट उनलाई ब्लड क्लटिङ हुन सक्छ तर औषधिमा प्रोजेस्ट्रोन छ भने त्यसको प्रभाव पर्दैन ।’

फरक–फरक महिलाको स्वास्थ्य परिस्थितिअनुसार, यसको सेवनबाट केही फाइदा पनि हुन सक्छ ।

गर्भनिरोधक औषधिको फाइदा

● सबैभन्दा महत्त्वपूर्ण गर्भनिरोधकबाट परिवार नियोजन गर्न सकिन्छ
● महिनावारीलाई नियमित गर्न मद्दत मिल्छ
● महिनावारीका बेला हुने उच्च रक्तश्रावलाई कम गर्न मद्दत मिल्छ
● ओभरियन क्यान्सरको सम्भावना कम हुन्छ ।

डा. प्रतिमा मित्तल गर्भनिरोधक औषधि लिँदा क्यान्सरको खतरा बढ्छ भन्नु गलत भएको बताउँछिन् ।

डा. सुचित्रा देलवी भन्छिन्, ‘हरेक बिहान तपाईंले यो औषधि लिइरहनुभएको छ भने पनि यो हार्मोन तपाईंको शरीरमा जम्मा भएर बस्दैन, लिभरमार्फत यो शरीरभन्दा बाहिर निस्कन्छ ।’

डाक्टरको भनाइमा बिनासाधन यौन सम्बन्ध राखेको १ सय २० घण्टाभित्र आईपिल लिने सल्लाह दिइन्छ, जसबाट गर्भधारण हुने सम्भावना कम हुन्छ ।

यता, आईपिलमा पनि प्रोजेस्ट्रोन प्रयोग हुन्छ र त्यसको मात्रा ज्यादा हुन्छ ।

महिलामाथि नै बोझ

जानकारहरू के भन्छन् भने, गर्भनिरोधक औषधिले महिलालाई परिवार नियोजनको स्वतन्त्रता त दियो तर यसको जिम्मेवारी पनि उनीहरूमाथि नै पर्न थाल्यो ।

यस्तो पनि होइन कि गर्भनिरोधक साधन महिलाका लागि मात्र हो ।

सरकारको परिवार नियोजन कार्यक्रमअन्तर्गत गर्भनिरोधक गोलीसँगै कन्डम पनि दिइन्छ तर आँकडा हेरियो पनि, कन्डमको प्रयोग कम हुन्छ ।

डाक्टरका अनुसार, पुरुषका लागि निरोधक साधन कम छन् । भएकामा कन्डम र नसा बन्द गर्ने उपाय पर्छन् । तर, दुवैलाई लिएर मिथक जोडिएको छ । कन्डम प्रयोग गर्दा यौन सुख कम हुन्छ भन्ने सोच छ । अर्कातिर नसा बन्द गर्दा शरीरमा कमजोरी हुने डर हुन्छ । अनि यसको विपरीत असर महिलामाथि पर्छ । (बीबीसीको सहयोगमा)

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.