No.1 News Portal from Sudurpashchim Province
bajaj

जुम्लाका सात घरमा आगो झोस्ने रत्न प्रहरी खोरमा

गोकुलेश्वर । जुम्लामा शृङ्खलाबद्ध आगलागीका घटनामा संलग्न व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुठीचौर गाउँपालिका –४ घर भई हाल चन्दननाथ नगरपालिका –१ मा बस्दै आएका ३० वर्षीया रत्न अधिकारी भएको डीएसपी प्रल्हाद कार्कीले बताए ।

उनले सुरुमा २०८० असार २६ गते गुठिचौर गा.पा.–४ बालु स्थित कृष्ण बहादुर अधिकारी घर अगाडि पार्किङ गरि राखेको अटोमा आगो लगाएका थिए ।

कृष्णबहादुर अधिकारीसँग रिसिबीई साँध्न अटोमा आगो लगाएको डीएसपी कार्कीले बताए। उनले भने, ’हामीले कृष्ण बहादुर अधिकारीलाई सोध्दा एक पल्ट चामलको विषयलाई लिएर पहिले विवाद भएको बताउनुभयो । ’

उनले सबैभन्दा धेरै घटना ०८० साउन ०५ गते घटाएका थिए। त्यो दिन सुरुमा चन्दननाथ –१ डुडाखोज स्थित रतन बहादुर बुढाको घरको दोश्रो तलाको बारदलीमा झुण्डाइएको डस्नामा राती ११ बजे आगो लगाएका थिए ।

सोही दिन गुठीचौर –४ बिगारे बस्ने वर्ष ५६ को भिम प्रसाद घरको भुई तलामा राखेको गँहुको भुसमा राती ११ः५५ बजे आगो लगाए ।

pm office

त्यसपछि राती ०१ः०० बजे गुठीचौर –४ खल्लावाडाका लाल चन्द्र सार्कीको ढुंगा माटोले घरको भुई तलाको गोठभित्र रहेको सुकेको घाँसमा आगो लगाए ।

सोही राति ०१ः०० बजे गुठीचौर –४ डाँडावाडा (क) का ५९ को कविदत्त न्यौपानेको घरको भुई तलाको आगनको झ्याल नजिकै रहेको खाटमा डस्ना, आगो लगाई झ्याल र बारदलिमा क्षति गरे ।

राति ०१ः३० बजे गुठीचौर ४ डाँडावाडा (ख) का कविदत्त न्यौपानेको घरको काठको भर्याङ्गमा आगो लगाए ।

राती ०१ः४५ बजे गुठीचौर –४ धवलपुराका खडानन्द पाण्डेको घरमा आगो लगाए भने ०१ः४५ बजे गुठीचौर–४ धवलपुराकै प्रेम प्रसाद न्यौपानेको घरमा आगो लगाए ।

रातभरी आगो लगाउँदै हिडेका उनले ०३ः१५ बजे गुठीचौर –५ मा सडक स्तरोन्नतिको कामको सिलसिलामा पार्किङ गरि राखेको रारा तेन्जिन कन्ट्रक्सनको लु ५ त १२४४ नम्बरको ट्याक्टर आगजनी गरेको प्रहरीले बताएको छ ।

उनले श्रृंखलावद आगजनी गर्नुको कारण आफू गरिब भएकोले कसैले पनि ऋण, उधारो समेत नपत्याउने र नदिने भए पछि निराश भई यस्तो कार्य गरेको भन्को डीएसपी कार्कीले बताए । उनी आर्मीका जागिरे भएको र स्वास्थ्यका कारण उपादानमा छोडेको बताइएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.