No.1 News Portal from Sudurpashchim Province
bajaj

एमाले केन्द्रीय कार्यालयमा बाढी पस्यो

गोकुलेश्वर । ललितपुरको च्यासलमा रहेको नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा बाढी पसेको छ ।

pm office

 च्यासल जोड्ने पुलमुनिबाट पानी पास हुन नसक्दा ठोक्किएर पार्टी कार्यालयतिर फर्किएको र कम्पाउन्ड डुबेको उपमहासचिव विष्णु रिमालले बताए ।
काठमाडौंको पूर्वी भेग भएर आउने मनोहरा नदीको जल सतह बढ्दा मंगलबार बिहान पार्टी कार्यालय डुबानमा परेको हो ।

एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानको घर भाडामा लिएर पार्टी कार्यालय सञ्चालन गरिरहेको छ ।

सोमबार राति देखिको अविरल वर्षाका कारण काठमाडौंका अरू क्षेत्र पनि बाढी र डुबानमा परेका छन् । सामाखुसी, अनामनगर, टोखा, गोंगबु नयाँ बसपार्कलगायत ठाउँमा डुबान भएको छ । बागमती, बिष्णुमतीलगायत नदीहरूमा जल सतह निकै बढेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.