No.1 News Portal from Sudurpashchim Province
bajaj

बिहान ४ बजे छोरा आमाको कोठामा छिरे, टाउकोमा लाठी हानेर हत्या गरे

गोकुलेश्वर । सल्यानमा छोराले आमाको हत्या गरेका छन् । शारदा नगरपालिका–१३ माथिल्लो सल्यानचौरमा २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीया आमा शारदा भण्डारीको लाठी प्रहार गरी हत्या गरेका हुन् ।

pm office

नवीनले आज बिहान ४ बजेतिर एक्कासि आमाबुबा सुत्ने कोठामा गएर लाठीले टाउकोमा हानेर आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।

प्रहरीले नवीनलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सन्तोष खनालको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.