No.1 News Portal from Sudurpashchim Province
bajaj

नेकपा एसका प्रवक्ता खतिवडा भन्छन्—‘माधव नेपालमाथि छानबिन गर्दा कुनै आपत्ति छैन’

गोकुलेश्वर। नेकपा (एकीकृत समाजवादी)का प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाले ललिता निवास प्रकरणमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि छानबिन गर्ने बाटो खोलिनुलाई सामान्य रुपमा लिएको बताएका छन् ।

pm office

‘कसैले मुद्दा हाल्यो भने अदालतले केही न केही बोल्नैपर्छ, बोल्यो । यो कुनै अनौठो विषय होइन । अत्तालिने विषय पनि होइन । चिन्तित हुनुपर्ने विषय पनि होइन । कसैमाथि प्रश्न उठेपछि सत्य, तथ्य र नियतको जाँच गर्ने कुरा स्वाभाविक हो । माधव नेपालले पनि बारम्बार आफूमाथि छानबिन वा अनुसन्धान गर्न जोड दिनुभएको छ । यसमा आपत्ति जनाउनुपर्ने कुरै छैन,’ उनले भने ।

माधव नेपालले कसैलाई लाभ दिने र राज्यको सम्पत्ति हिनामिना गर्ने नियतवश कुनै काम नगरेको जिकिर पनि खतिवडाले गरे ।

उनले भने, ‘त्यस्तो उद्देश्यले उहाँले कुनै नीतिगत निर्णय गर्नुभएको छैन । सोधीखोजी छानबिन गर्नु नै कारबाही होइन । अभियोग पुष्टि भए मात्र कारबाही हुने हो ।’

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.