No.1 News Portal from Sudurpashchim Province
bajaj

ललिता निवास प्रकरण : ठुला माछातिर घुम्यो अनुसन्धानको सुई,चार पुर्वमत्रीविरुद्द पक्राउ पुर्जी जारी

गोकुलेश्वर । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

pm office

पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री गच्छदारसहित राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधारमन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतले आइतबार पक्राउ पुर्जी जारी गरेको हो । आइतबार नै सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसमेतलाई अनुसन्धानको दायरामा ल्याउन सरकारलाई आदेश दिएको थियो ।

सो आदेश आएकै दिन जिल्ला अदालतले पनि पूर्वमन्त्रीहरूलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.