
गोकुलेश्वर । पहाड तथा तराईमा बाँदरले खाद्यान्न तथा नगदेबाली सखाप पारेपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले छलफल सुरू गरेको हो ।
सोमबार विषयविज्ञ, अर्घाखाँचीका जनता, सरकारी निकायका प्रतिनिधि र अन्तर्राष्ट्रिय निकायका विज्ञसमेत राखेर छलफल गर्न लागिएको राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद ९डिपी० अर्यालले जानकारी दिए ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका लगायत ठाउँमा बाँदरले आक्रान्त तुल्याएको पीडादायी तस्बिर सामाजिक सञ्जालमा आएको थियो ।
भित्र्याउने बेलाको अन्नबाली बाँदरले सखाप पारेपछि नियन्त्रणको के उपाय हुन सक्छ भनेर बहस चलाउन खोजिएको अर्यालको भनाइ छ ।
पुल्चोक स्थित एक पार्टी प्यालेसमा छलफल चलिरहेको उनले बताए। छलफल मध्याह्न १२ बजेसम्म रहने छ ।
