गोकुलेश्वर । दार्चुलामा लागुऔषध चरेशसहित दुईजना पक्राउ परेका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका ३ कर्कलेबाट ६ केजी १ सय ग्राम चरेशसहित महाकाली नगरपालिका ४ का ६६ बर्षीय मानसिंह ठगुन्ना र नौगाड गाउँपालिका ४ सिप्टीका ७० बर्षीय गौरसिंह ठगुन्ना पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी गस्ती टोलीले दुवै जनालाई सोमबार पक्राउ गरेको हो ।
प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा दुवै जनाले बोकेको झोलामा प्लास्टिकभित्र लुकाइ राखेको अवस्थामा चरेश बरामद गरिएको हो । पक्राउ परेका दुवैजनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
